२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो



अ+ अ-

तनहुँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ । विसं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएको उक्त पुल कछुवाको गतिमा निर्माण भइरहेकामा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभएपछि कामलाई तीव्रता दिन थालिएको हो ।

गत चैत १० गते आठौँ तनहुँ महोत्सव उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री देउवाले तनहुँ जलविद्युत् आयोजना र निर्माणाधिन उक्त पुल अवलोकन गर्नुभएको थियो । शिलान्यास गरिएको एक वर्ष बित्दा पनि कामले गति लिन नसकेकामा प्रधानमन्त्रीको अवलोकन पछि निर्माण कार्यलाई तीव्रता दिइएको पुलःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बगालेले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख सहयोगमा १५५ मिटर लमो र १० मिटर चौडा उक्त पुलको निर्माण अघि बढाइएको हो । पुलको एकातिरको बीस वटा फाइलको काम सम्पन्न गरेर सेन्टर प्वाइन्टको फाइलको काम सुरु गरिएको रसुवा एलिट जेभी कन्ट्रक्सनका प्रतिनिधि जीवन पौडेलले बताउनुभयो । उक्त पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

त्यसैगरी दमौलीबाट ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका जान लामो दूरी परेकामा पुल निर्माणपछि जिल्लाको दक्षिण भेगसम्म छोटो दूरीमै यात्रा गर्न सकिनेछ । पुल निर्माण भएपछि नवलपरासीको कावासोती र कालीगण्डकी करिडोरसँग जोडिने हुँदा हजारौँ मानिस लाभान्वित हुने विश्वास गरिएको छ । आर्थिक वर्ष २०८०-८१ सम्म उक्त पुलको निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि पौडेलले जानकारी दिनुभयो ।