१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

आईपीएलः लखनउले चेन्नईलाई हरायो

आईपीएलः लखनउले चेन्नईलाई हरायो
अ अ+ अ-

एजेन्सी । चार पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स आईपीएल २०२२ मा लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार राति मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा चेन्नई लखनऊ सुपर जाइन्ट्ससँग छ विकेटले पराजित भएको हो । आईपीएलमा लखनउको यो पहिलो जित हो । पछिल्लो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा चेन्नई कोलकातासँग पराजित भएको थियो ।

चेन्नई सुपर किंग्स आईपीएलको इतिहासमा पहिलो पटक एक सिजनको पहिलो दुई खेलमा पराजित हुन पुगेको छ । यस्तै, यो सिजनमा कुनै टोलीले २०० भन्दा बढी रनको लक्ष्य पछ्याएको यो दोस्रो पटक हो । यसअघि पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २०६ रनको लक्ष्य दिएको थियो ।

खेलमा लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । जवाफमा लखनउको टोलीले १९.३ ओभरमा २११ रन बनाएर खेल जित्यो । त्यसका लागि इभिन लुइसले २३ बलमा अविजित ५५ रन बनाए । खेलको म्यान अफ द म्याच लुइस घोषित भए ।

२११ रनको लक्ष्य पछ्याएको लखनउको टोलीले सानदार सुरुवात गरेको थियो । कप्तान केएल राहुल र क्विन्टन डी ककले पहिलो विकेटका लागि १०.२ ओभरमा ९९ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले विस्फोटक पारी खेले । राहुल २६ बलमा ४० रन बनाएर आउट भए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १५३.८५ थियो । ड्वेन प्रिटोरियसले राहुललाई आउट गरे । आईपीएलमा यो दक्षिण अफ्रिकी बलरको पहिलो विकेट हो ।

राहुल आउट भएलगत्तै मनिष पाण्डे पनि आउट भए । उनलाई तुषार देशपाण्डेको बलमा ड्वेन ब्राभोले क्याच आउट गरेका थिए । पाण्डेले ६ बलमा पाँच रन मात्र बनाउन सके । त्यसपछि इभिन लुइस र डी ककले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । डि ककलाई प्रिटोरियसले महेन्द्र सिंह धोनीको हातबाट क्याच आउट गराए । उनले ४५ बलमा ६१ रन बनाए । यस क्रममा उनले ९ चौका प्रहार गरे । उनको स्ट्राइक रेट १३५.५६ थियो ।

यता, चेन्नईको इनिङ्सको कुरा गर्ने हो भने टोलीलाई तेस्रो ओभरमै पहिलो झटका लागेको थियो । ओपनर ऋतुराज गायकवाड एक रन बनाएर रनआउट भए । उनले रोबिन उथप्पासँग पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । ऋतुराज आउट भएपछि मोइन अली क्रिजमा आए । यसपछि उथप्पा र मोइनले एकसाथ सानदार रन बनाए । दुवैले ७.३ ओभरमा चेन्नईलाई ८४ रनमा पुर्याए । यद्यपि, उथप्पाको रूपमा टोलीलाई दोस्रो झटका लाग्यो। उनी २७ बलमा ५० रन बनाएर आउट भए । यस क्रममा उनले आठ चौका र एक छक्का प्रहार गरे । उथप्पाको स्ट्राइक रेट १८५.१९ थियो । उनले आईपीएल करियरको २६ औं अर्धशतक बनाए । उनलाई रवि बिश्नोईले एलबीडब्ल्यू बनाए ।

दुई विकेट खसेपछि मोइन र शिवम दुबेले टोलीलाई सय रन पुरा गरे । ११ औं ओभरको पहिलो बलमा मोइन आउट भए । उनलाई आवेश खानले क्लिन बोल्ड गरेका थिए । मोइनले २२ बलमा चार चौका र दुई छक्काको मद्दतले ३५ रन बनाए । उनको स्ट्राइक रेट १५९.०९ थियो । शिवम दुबेले चौथो विकेटका लागि अम्बाती रायडुसँग ६० रनको साझेदारी गरे । रायुडुले २० बलमा २७ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । यस क्रममा उनको स्ट्राइक रेट १३५ थियो । शिवम दुबे आफ्नो अर्धशतक बनाउन चुके । उनी ३० बलमा ४९ रन बनाएर १९ औं ओभरमा आउट भए । दुबेले पाँच चौका र तीन छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १६३.३३ थियो ।

महेन्द्र सिंह धोनी १९ औं ओभरमा क्रिजमा आए । उनले आउने बित्तिकै पहिलो बलमा छक्का प्रहार गरे । धोनीले अन्तिम १० बलमा ६ बलको सामना गरे । यस क्रममा १६ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । धोनीको स्ट्राइक रेट २६६.६७ थियो । चेन्नईलाई अन्तिम ओभरमा दुई झट्का लाग्यो। रविन्द्र जडेजा नौ बलमा १७ रन बनाएर आउट भए । आईपीएलको डेब्यु खेलमा ड्वेन प्रिटोरियसले खाता खोल्न सकेनन् ।

आजको खेलः कोलकता नाइट राइडर्सविरुद्ध पञ्जाब किंग्स – ७ः४५ बजे