२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्व को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । (रासस)