४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा
अ+ अ-

काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् ।

मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी बस्नेत कोशी टुर एन्ड ट्राभलका सञ्चालक हुनुहुन्छ । पर्यटन व्यवसायमा उहाँको पनि लामो अनुभव छ । अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अर्का अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै आफ्नो प्यानलले जितेमा व्यवसाय प्रवद्र्धनका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य प्रत्यासी हुनुहुन्छ । त्यस्तै सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, डेन्डी शेर्पा, महेश कोइराला ९दीपक०, राम शोभित नायक, श्रद्धा जोशी र सवला भण्डारीले उम्मेदावरी दिनुभएको छ ।

त्यसैगरी बस्नेत प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी हुनुहुन्छ । त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहनुभएको छ ।

नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ ।