१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

आईपीएलः राजस्थानसँग ६१ रनले पराजित भयो हैदरावाद

आईपीएलः राजस्थानसँग ६१ रनले पराजित भयो हैदरावाद
अ अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो ।

कप्तान सञ्जु सैमसनले आफ्नो १०० औं खेलमा राजस्थानका लागि विशेष इनिङ खेलेका थिए । उनी २७ बलमा ५५ रन बनाएर आउट भए । त्यसैगरी देवदत्त पडिक्कलले २९ बलमा ४१ र सिमरोन हेटमायरले १३ बलमा ३२ रन जोडे ।

जवाफमा हैदरावादको टोलीले २० ओभरमा सात विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो । हैदराबादका लागि एडेन मार्करामले सर्वाधिक रन बनाए । उनले ४१ बलमा ५७ रन बनाएर अविजित रहे । यसबाहेक वासिङ्टन सुन्दरले १४ बलमा ४० रनको पारी खेले । हैदरावादका दुई ब्याट्सम्यान राहुल त्रिपाठी र निकोलस पूरन शून्य रनमा आउट भए ।

राजस्थानको टोली यस सिजनमा स्कोर रक्षा गर्दै खेल जित्ने पहिलो टोली बनेको छ । पछिल्ला चार खेलमा ब्याटिङ गरेको टोलीले जित निकालेको थियो । योसँगै राजस्थानले हैदरावादसँग बराबरी गरेको छ । यी दुईबीच हालसम्म १६ वटा खेल भएका छन् । जसमध्ये राजस्थानले आठ र हैदरावादले पनि आठ खेल जितेको छ ।

पहिले ब्याटिङ गरेको राजस्थानको टोलीले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । कप्तान सञ्जु सामसनले ५५ रनको उत्कृष्ट इनिङ्स खेले । यो उनको आईपीएल करियरको १६ औं अर्धशतक हो । सामसनले आफ्नो पारीमा तीन चौका र पाँच छक्का प्रहार गरे । राजस्थानको टोली इनिङ्सको सुरुवातमा भाग्यशाली रह्यो । पहिलो ओभरमा भुवनेश्वर कुमारले बटलरलाई पूरनको हातमा क्याच आउट गरे तर बल नो बलमा परिणत भएपछि बटलरले जीवनदान पाए ।

त्यसपछि बटलरले यशस्वी जैसवालसँग मिलेर ५८ रनको ओपनिङ साझेदारी खेले । आइपिएलको आफ्नो पहिलो खेल खेल्दै आएका वेस्ट इन्डिजका रोमारियो शेफर्डले यशस्वीलाई आउट गरेर साझेदारी तोडेका थिए । यशस्वीले १६ बलमा दुई चौका र एक छक्काको मद्दतले २० रन बनाए ।

उमरान मलिकले जोस बटलरलाई विकेटकिपर निकोलस पूरनबाट क्याच आउट गराए । बटलरले २८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ३५ रन बनाउन सके । यसपछि कप्तान सञ्जु सैमसनले देवदत्त पडिक्कलसँगै इनिङको जिम्मा लिएका थिए । दुवैले तेस्रो विकेटका लागि ४१ बलमा ७३ रनको साझेदारी गरे । पडिककल अर्धशतक बनाउन चुके । उनी २९ बलमा ४१ रन बनाएर आउट भए । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

यता, सामसनले पनि अर्धशतक बनाएपछि धेरै समय ब्याटिङ गर्न सकेनन् । उनी आउट भएपछि शिमरोन हेटमायरले खेल सम्हाले । उनले १३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३२ रनको आक्रामक पारी खेले । उनले रियान परागसँग १९ बलमा ४४ रनको साझेदारी गरे । तर, अन्तिम ओभरमा टी नटराजनले हेटमायर र रियान परागलाई पभिलियन पठाए ।

पराग ९ बलमा १२ रन बनाएर आउट भए । नाथन कुल्टर नाइल एक रनमा अविजित रहे । हैदराबादका लागि उमरान मलिक र टी नटराजनले समान २–२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र रोमारियो शेफर्डले समान १–१ विकेट लिए ।

२११ रनको लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादको टोलीको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा प्रसिद्ध कृष्णाले कप्तान केन विलियम्सनलाई देवदत्त पडिक्कलको हातमा क्याच आउट गराए । विलियम्सन दुई रन बनाएर आउट भए । त्यसपछि आफ्नो दोस्रो ओभरमा कृष्णाले राहुल त्रिपाठीलाई पनि पभिलियन पठाए । राहुलले खाता पनि खोल्न सकेनन् ।

हैदरावादको इनिङ्सको पाँचौं ओभरमा ट्रेन्ट बोल्टले निकोलस पूरन एल्बडब्ल्यूलाई आउट गरे । उनले ९ बलमा खाता पनि खोल्न सकेनन् । आईपीएलमा पूरनको खराब फार्म जारी रह्यो । गत सिजन पञ्जाबबाट खेलेका उनी धेरै पटक शून्य रनमा आउट भएका थिए ।

२०२१ आईपीएलमा, पूरनले १२ खेलको ११ इनिङ्समा ८५ रनमात्र बनाउन सके । यस वर्षको मेगा अक्सनमा सनराइजर्स हैदरावादले पूरनलाई १०.७५ करोडमा किनेको थियो तर यसपटक पनि उनी खासै राम्रो प्रदर्शन गर्न सकेनन् र शून्यमा आउट भए ।

अभिषेक शर्मा ९ रन, अब्दुल समद ४ रन, रोमारियो शेफर्ड २४ रन बनाएर आउट भए । युजभेन्द्र चहलले तीनै जनालाई पभिलियन पठाए । अन्तमा एडेन मार्कराम र वाशिङटन सुन्दरले १९ बलमा ५५ रनको साझेदारी गरे तर त्यतिन्जेल ढिलो भइसकेको थियो। सुन्दर १४ बलमा ४० रन बनाएर आउट भए ।

मार्करामले आफ्नो आईपीएल करियरको पहिलो अर्धशतक बनाए । उनले ४१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अविजित ५७ रन बनाए । भुवनेश्वर कुमार पनि तीन रनमा अविजित रहे । राजस्थानका लागि चाहलले ३ विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णाले दुई–दुई विकेट लिए ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध कोलकता नाइट रायडर्स – ७ः४५ बजे