२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की



file
अ+ अ-

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उहाँले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको हो ।

समाजमा विभिन्न धर्मालम्बीहरुको बसोबास भएकाले मन्दिरका कारण भेदभाव नगरी समाजिक सद्भाव कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कार्कीले धर्मका नाममा कृतिमरुपले अनेक किसिमका विवाद सिर्जना गरिए पनि आखिर मानव जातिको एउटै लक्ष्य सुःख शान्ति र मृत्युपछि मोक्ष प्राप्ति नै रहेकाले विभेदको औचित्य नभएको बताउनुभयो ।

कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी, ४ का वडाध्यक्ष हारुन अन्सारी र कांग्रेसका गाउँस्तरीय सभापति युवराज दाहाललगायतको सहभागिता थियो ।