१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान–कट्रिनाको ‘टाइगर ३’ इदमा रिलिज हुने



अ+ अ-

एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ को रिलिज मिति घोषणा भएदेखि नै फ्यानहरू सलमान खानको ‘टाइगर ३’ को घोषणाको पर्खाइमा रहेका थिए ।

 बिहीबार यशराज फिल्म्सले भिडियो सार्वजनिक गर्दै सलमान खान र कट्रिना कैफको फिल्मको रिलिज मिति घोषणा गरेको छ । रिपोर्ट अनुसार, यो फिल्म अप्रिल २१ अर्थात् अर्को वर्ष ईदमा रिलिज हुने तयारीमा छ । 

सुपरस्टार सलमान खानले शुक्रबार आफ्नो इन्स्टाग्राम ह्यान्डलमा बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को पहिलो टिजर सार्वजनिक गरेका छन् । टिजरमा कट्रिना कैफले उत्कृष्ट एक्सन गरेको देख्न सकिन्छ। 

टाइगर ३ सलमान र कट्रिनाको एक्शन फिल्मको सिरिजको तेस्रो भाग हो । यसलाई मनिष शर्माले निर्देशन गर्नेछन् । फिल्ममा सलमान खानले भारतीय जासूस अविनाश सिंह ‘टाइगर’ राठौरको भूमिका निभाएका छन्, जो पाकिस्तानी जासूस जोया हुमैमी (कट्रिना) सँग प्रेममा पर्छन्। तेस्रो चलचित्रको छायांकन हालै दिल्ली र आसपासमा सम्पन्न भएको छ ।