एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ को रिलिज मिति घोषणा भएदेखि नै फ्यानहरू सलमान खानको ‘टाइगर ३’ को घोषणाको पर्खाइमा रहेका थिए ।
बिहीबार यशराज फिल्म्सले भिडियो सार्वजनिक गर्दै सलमान खान र कट्रिना कैफको फिल्मको रिलिज मिति घोषणा गरेको छ । रिपोर्ट अनुसार, यो फिल्म अप्रिल २१ अर्थात् अर्को वर्ष ईदमा रिलिज हुने तयारीमा छ ।
सुपरस्टार सलमान खानले शुक्रबार आफ्नो इन्स्टाग्राम ह्यान्डलमा बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को पहिलो टिजर सार्वजनिक गरेका छन् । टिजरमा कट्रिना कैफले उत्कृष्ट एक्सन गरेको देख्न सकिन्छ।
टाइगर ३ सलमान र कट्रिनाको एक्शन फिल्मको सिरिजको तेस्रो भाग हो । यसलाई मनिष शर्माले निर्देशन गर्नेछन् । फिल्ममा सलमान खानले भारतीय जासूस अविनाश सिंह ‘टाइगर’ राठौरको भूमिका निभाएका छन्, जो पाकिस्तानी जासूस जोया हुमैमी (कट्रिना) सँग प्रेममा पर्छन्। तेस्रो चलचित्रको छायांकन हालै दिल्ली र आसपासमा सम्पन्न भएको छ ।