५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरला बाढी : बाटो जलमग्न भएपछि विवाह गर्न खड्‌कुँलोमा यात्रा गर्ने भारतीय जोडी



अ+ अ-

भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ। यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो।

वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्। खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।

केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ। त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ। वर्षाका कारण नदीहरूमा पानीको तह बढेको छ। धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।

"हामीले कहिल्यै नसोचेको विवाह भयो," ऐश्वर्याले स्थानीय टिभी एशियानेटलाई बताइन्। नवविवाहित दम्पतीले आफ्नो विवाह दुई परिवारको सानो समारोह भए पनि अनलाइनमा तस्बिरहरू शेअर भएपछि आफ्नो विशेष दिनमा धेरै मानिस सहभागी भएको अनुभूति भएको बताएका छन्।

आकाशले आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको समाचारसंस्था पीटीआईलाई बताएका छन्।

उनले हतारमा खड्‌कुँलो मात्रै उपलब्ध भएको बताए। आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो। उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए। (बीबीसी)