• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि



मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ । 

अहिले मुख्य सिजन भएकाले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि उपयुक्त सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । कोरोना भाइरस, बाढीपहिरो र हिमपातका कारण पर्यटन क्षेत्रमा ह्रास आइरहेको बेला अहिले पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

दुई वर्षसम्म कोरोना भाइरसका कारण थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र अहिले विस्तारै तङ्गिँ्रदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । गएको फागुन महिनामा ४९४ जना र चैत १ देखि ७ गतेसम्म २९२ गरी ७८६ विदेशी पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र गत असोज महिनादेखि राम्रो हुन थालेको प्रमुख गौतमको भनाइ छ । मङ्सिर र पुस महिनामा हिमपातका कारण अलि सुस्ताएको भए पनि अहिले फेरि पर्यटकको चहलपहल बढ्न थालेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग पुनः सञ्चालन भएको र सुरक्षित रहेको जनाएको छ । वर्षाले बिगारेको बाटो मान्छे हिँड्न र मोटरसाइकल पास हुने बनाइएको छ । स्वदेशी तथा विदेशी पर्यटक तिलिचो तालको अवलोकन गर्दै थोराङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ पनि पुगिरहेका हुँदा अन्नपूर्ण पदमार्ग सुरक्षित र सहज रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । 

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ ।