३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि
अ+ अ-

मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ । 

अहिले मुख्य सिजन भएकाले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि उपयुक्त सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । कोरोना भाइरस, बाढीपहिरो र हिमपातका कारण पर्यटन क्षेत्रमा ह्रास आइरहेको बेला अहिले पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

दुई वर्षसम्म कोरोना भाइरसका कारण थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र अहिले विस्तारै तङ्गिँ्रदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । गएको फागुन महिनामा ४९४ जना र चैत १ देखि ७ गतेसम्म २९२ गरी ७८६ विदेशी पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र गत असोज महिनादेखि राम्रो हुन थालेको प्रमुख गौतमको भनाइ छ । मङ्सिर र पुस महिनामा हिमपातका कारण अलि सुस्ताएको भए पनि अहिले फेरि पर्यटकको चहलपहल बढ्न थालेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग पुनः सञ्चालन भएको र सुरक्षित रहेको जनाएको छ । वर्षाले बिगारेको बाटो मान्छे हिँड्न र मोटरसाइकल पास हुने बनाइएको छ । स्वदेशी तथा विदेशी पर्यटक तिलिचो तालको अवलोकन गर्दै थोराङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ पनि पुगिरहेका हुँदा अन्नपूर्ण पदमार्ग सुरक्षित र सहज रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । 

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ ।