१५ असार २०८३, सोमबार
,
Latest
पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिजवान र बाबरले जिताए पाकिस्तानलाई, भारतको लज्जास्पद हार



अ+ अ-

दुबईः पाकिस्तानले विश्वकप टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको छ ।

आइतबार राति भएको यस खेलमा टस जितेर क्षेत्र रक्षण रोजेको पाकिस्तानले भारतलाई २० ओभरमा १५१ रनमै सीमित गरेको थियो । भारतले ७ विकेटको क्षतिमा १५१ रन बनाएको थियो जसमा कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाएका थिए ।

त्यस्तै भारतका लागि रिषभ पन्तले ३९, केएल राहुलले ३, रोहित शर्माले ०, सूर्यकुमार यादवले ११, रविन्द्र जडेजाले १३, हार्दिक पान्ड्याले ११ तथा भुवनेश्वर कुमारले ५ रन बनाएका थिए ।

पाकिस्तानी तिब्र गतिका बलर शाहिन शाह अफरिदीले तीन महत्वपूर्ण विकेट लिएका थिए । उनले केएल राहुल, रोहित शर्मा र विराट कोहलीलाई आउट गरेका थिए । उनलाई प्लेयर अफ दी म्याच घोषणा गरिएको थियो । त्यस्तै हसन अलिले २, शादब खानले १ तथा हरिस रौफले १ विकेट लिएका थिए ।

१५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले बिना कुनै क्षति लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका ओपनर जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवानले १७.५ ओभरमै लक्ष्य पूरा गरेका थिए । आजमले ६८ तथा रिजवानले ७९ रन बनाएका थिए ।

पाकिस्तानी ओपनर बिरुद्ध कुनै पनि भारतीय बलर असरदार देखिएका थिएनन् ।

भारत र पाकिस्तान बीच विश्वकप क्रिकेट शृंखलामा पाकिस्तानले यो पहिलो पटक भारतलाई पराजित गरेको हो । यसअघिका विश्वकपका कुनै पनि खेलमा पाकिस्तानले भारत बिरुद्ध जित हात पारेको थिएन ।

आजै आइतबार भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो ।

भोलि सोमबार एक मात्र खेल हुँदैछ । सोमबार स्कटल्यान्ड र अफगानिस्तानबीच नेपाली समय अनुसार साँझ ७.४५ बजे खेल शुरु हुनेछ । एजेन्सी