२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाले बेञ्च तोके बहिष्कार गर्ने अन्य न्यायाधीशको तयारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कार्यशैली बिरुद्ध उभिएका सर्वोच्च अदालतका १४ जना न्यायाधीशले आफूहरुलाई इजलास तोके त्यस्ताे इजलास बहिष्कार गर्ने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश राणा बिरुद्ध संगठित भएका न्यायाधीशहरुले आज अदालत खुलेसँगै बेञ्च नतोक्न आग्रह गर्ने अन्यथा बहिष्कार गर्नेसम्मको तयारी गरेको एक न्यायाधीशले न्युजपोलारलाई जानकारी गराए ।

उनले भने, "प्रधानन्यायाधीशले विभिन्न विषयमा छलफल गर्न भन्दै सर्वोच्चको पूर्ण बैठक बोलाउनु भएको छ, हामी त्यो छलफलमा जाँदैनौ र त्यो बैठक पनि हामीसँग सल्लाह गरेर डाकिएको होइन ।"

प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन थप दबाब परेको छ ।