२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । एक महिलालाई बेल्जियममा काम लगाईदिन्छु भन्दै बैंकक पुर्‍याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं  सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्‍याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन,  २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ ।