२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन



अ+ अ-

सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उहाँको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । 

पूर्व सेना प्रमुख समेत रहनु भएका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बन्नु भएको थियो । 

उहाँ राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकार्नु पनि भएको थियो । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता हुनुहुन्थ्यो । उहाँको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो । (रासस-एएनआई)