३ पुष २०८२, बिहीबार
,
Latest
व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन



अ+ अ-

माले । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ । तर २०१९ को तुलनामा २ प्रतिशतले घटेको छ ।

माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख ७३ हजार २६९ पर्यटक आगमन रेकर्ड रहेको बताएको छ ।  माल्दिभ्सका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भारत र रुस हो । यस आगमनको क्रमशः २३ प्रतिशत र १९ प्रतिशत रहेको थियो । (रासस-सिन्ह्वा)