३ पुष २०८२, बिहीबार
,
Latest
व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताउनुभएको हो ।उहाँले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भन्नुभएको हो । उहाँले भन्नुभएको थियो कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काभिड १९ का विरुद्धमा चाहिएको छ ।

अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उहाँले बताउनुभएको थियो ।साथै उहाँले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरुले ऐक्यबद्ध भएर सहयोग गर्नु पर्दछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उहाँले राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै अफ्रिकालाई अहिले विशेष गरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राख्नुभएको हो ।

उहाँले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति अवाश्यक छ र यसका लागि विश्वका देशहरुले खोप तथा खोप किन्नका लागि अनुदानको आवश्यकता परेको छ ।

त्यस बाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोग लगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरुको ऐक्यबद्धता आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।