३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने: अल-बुर्हान



अ+ अ-

खार्तुम । सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल(बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् । 

प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल-बुर्हानले स्पुतनिकलाई  भने, 'मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुननेछ।' सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ।

सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन् । 
मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानी स्थित निवास फर्किएको जनाइएको छ।