२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै अखिल क्रान्तिकारीले गर्‍यो बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । 

आईतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । 

उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिनुभयो । अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताउनुभयो ।

अध्यक्ष गजुरेलले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ, खाना पकाउने एलपी ग्याँसको मूल्य १५ सय बनाएको छ, पेट्रोलको मूल्य १३३, डिजेल मट्टितेलको ११६ रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिक बाह्यमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ, यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौँ, नेपाल सरकार नेपाली जनताको लागि जवाफदेही भएन, सरकारले लुटतन्त्र मच्चायो, स्वार्थपूर्तिका लागि र सत्ता टिकाउनका लागि मात्रै काम गरिरहेको छ, अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन अपील गर्दछु ।’

अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभयो । नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो । त्यसैको बिरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।