१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय कृषि परियोजना समीक्षा गोष्ठी शुरु



अ+ अ-

विराटनगरः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ मोरङद्वारा आयोजित प्रदेशस्तरीय प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी आज यहाँ प्रारम्भ भएको छ ।

परियोजनाअन्तर्गत भएका विगतका र त्रैमासिक अवधिमा भएको प्रगतिको समीक्षा गरी परियोजनालाई सफल कार्यान्वयन एवं उलब्धिमूलक बनाउने उद्देश्यले आयोजित सो दुईदिने गोष्ठीमा प्रदेश नं १ अन्तर्गतका सबै परियोजन समन्वय एकाइका प्रमुख, जोन, ब्लक र पकेट क्षेत्रका संयोजकको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले सातवटै प्रदेश परियोजनाको त्रैमासिक प्रगति र मोरङ परियोजना समन्वय एकाइका प्रमुख विनोदकुमार मण्डलले प्रदेशभरिका परियोजनाअन्तर्गत भएका काम तथा प्रगतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामानन्द तिवारीले गोष्ठीको उद्घाटन गर्दै कृषिको विकास नगरी मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो । उहाँले स्वदेशी सोच र स्वदेशी लगानीको उपज यो परियोजना १० वर्षका लागि रहेको र अहिले छैटौँ वर्षमा प्रवेश गरेकै अवस्थामा अहिले मुलुकमा कृषिका विविध क्षेत्रमा राम्रो प्रगति भएको चर्चा गर्नुभयो ।