१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना २०७८ सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरिएको हो । हिजो कात्तिक १३ गतेबाट भने देशभर मुख्य गणनाका लागि गणकहरुको तालिक सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिनु भयो ।

यो तालिम कार्तिक १७ गतेसम्म हुनेछ । काठमाडौं जिल्ला बाहेकका अन्य जिल्लाहरुमा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरुको तालिमको व्यवस्था गरिएको पनि काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी दुलालले बताउनु भयो ।

केन्द्रिय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ । सोही गणनाका लागि गणकहरुको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताउनु भयो ।

मुख्य जनगणनाका लागि काठमाडौंमा ३ वटा स्थानमा ४५७ जना गणकहरु सो तालिममा सहभागी भएका छन । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रिय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ ।