३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल



अ+ अ-

खार्तुम/सुडान । सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन्। पर्थेसले ट्वीटमा लेखेका छन्, 'भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा  छलफल गर्यौं ।' 

यसैगरी संयुक्त राष्ट्रसंघका अधिकारीले देशका अन्य 'सरोकारवालाहरू' सँग छलफल जारी राख्ने बताएका छन्। सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो।

सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल-बुर्हानले आपतकालको घोषणा गर्दै सरकार भङ्ग गरेका छन्। मंगलबार हाम्डोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो । (रासस-एएनआई र स्पुतनिक)