१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईलेक्सन समयमा हुन्छ :  माधवकुमार नेपाल (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ । 

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली ईलेक्सनको सम्भावना नरहेको बताउनु भएको हो । मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भईरहेको जानकारी समेत दिनुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘ईलेक्सन समयमा हुन्छ । त्यसको निम्ति अब ईलेक्सनको प्रक्रिया सुरु हुन्छ । जस्तो राष्ट्रियसभाको चुनाव छ । त्यो गर्नै प¥यो समयमा । अब उपनिर्वाचनहरुको कुरा पनि चलिराख्या छ । प्रदेशसभाको निर्वाचनको कुरा । त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ । सर्वोपरी रुपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो । कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताउनु भयो ।