१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ: सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताउनुभएको छ ।
 
महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।”

उहाँले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसङ्गठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिनुभयो ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गर्नुभएको थियो । एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।