१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण

गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले आज तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले धनकुटाको चौविसे गाउँपालिका–१ स्थित बुधबारे र पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गर्नुभएको थियो । 

त्यसैगरी उहाँले इलाम सदरमुकाममा भने इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीमार्फत दुवै जिल्लामा परेको बाढीपहिराको प्रभावका बारेमा जानकारी लिनुभएको छ । बधुबारेका पहिरो पीडितहरुले मन्त्री खाँणसँग आफन्त गुमाउँदाको पीडा सुनाउँदै आगामी दिनमा पहिरो नआउने वातावरण बनाइदिन अनुरोध गरेका थिए । 

स्थानीयवासीसँगको अन्तरक्रियामा मन्त्री खाँणले पहिरो पीडितका लागि सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरेको जानकारी दिनुभयो । त्यसैगरी बाढीपहिरो नियन्त्रण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिमार्णका लागि विज्ञहरुको टोली चाँडै नै पठाउने उहाँले बताउनुभयो । यही कात्तिक २ गतेको पहिरोमा परी बुधबारेमा सात जनाको मृत्य भएको थियो भने पाँच जना घाइते भएका थिए । चार घरमा पूर्ण क्षति र २० घरमा आंशिक प्रभाव परेको थियो ।

मन्त्री खाँणसमक्ष स्थानीयको तर्फबाट चन्द्रबहादुर श्रेष्ठ, शारदा माविका निमित्त प्रधानाध्यापक हरेन्द्र आचार्य, मेक्लादुङ आधारभूत विद्यालयका प्रधानाध्यापक किशोर परियार, कांग्रेसका तर्फबाट जिल्ला सदस्य दीपककुमार श्रेष्ठले पुनःनिर्माणको माग गर्दै छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउनुभएको थियो । 

मन्त्री खाँण नेतृत्वको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, सांसद सुजाता परियार, संविधानसभा सदस्यद्वय रामहरि खतिवडा र नरेन्द्र कुमाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापालगायत हुनुहुन्थ्यो ।

टोलीले आजै पाँचथरको तुम्बेवा–५ स्थित मौवामा पनि स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेको थियो । गाउँपालिका अध्यक्ष होमनाथ थापा, कांग्रेस गाउँ सभापति बाबुराम खड्का, स्थानीयवासीका तर्फबाट यम मगरलगायतले क्षतिको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

स्थानीय सावा, नावा र दुवा खोलामा आएको बाढी र पहिरोले तुम्बेवाका विभिन्न वडामा क्षति पु¥याएको थियो । झण्डै दुई हजार ८०० रोपनी जमिनमा लगाइएको खेती नष्ट हुँदा किसान मर्कामा परेको उनीहरुको भनाइ थियो । गुनासो सुनेपछि मन्त्री खाँणले धनकुटा, पाँचधर र इलामका बाढीपहिरो पीडितका लागि बजेटको अभाव नहुने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले निरीक्षण टोलीमा रहेका सरकारी उच्च अधिकारीलाई आआफ्नो निकायमार्फत गर्नुपर्ने काममा कुनै कन्जुस्याइँ नगर्न पनि स्थानीय बासिन्दाकै सामु निर्देशन दिनुभयो । “नेपालको सरकारी निकायमा बाहना गर्ने प्रचलन बढी छ, कुनै बाहना नगरी यहाँका पीडितका लागि गर्नुपर्ने काम गरिदिनु होला”, उहाँले भन्नुभयो । 

मन्त्री खाँणले जलवायु परिवर्तनका कारण बेमौसमी बाढीपहिरो आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले अन्तर्राष्ट्रिय सम्मेलनमा पनि यही विषयलाई उठान गरेको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तन न्यूनीकरण गर्न बिजुलीको प्रयोग बढाउन पनि सबैलाई आह्वान गर्नुभयो । “बिजुलीको प्रयोग बढाउन सरकारले बिजुलीमा सहुलियत दिने कार्ययोजना अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “घरायसी प्रयोजनका लागि बिजुलीको प्रयोग बढ्यो भने दाउराको प्रयोग घट्छ, दाउराको प्रयोग घटेपछि जङ्गल फँडानी कम हुनुका साथै दाउरा बाल्दा उत्पन्न हुने धुँवा पनि कम हुन्छ, यसले वातावरण संरक्षणमा पनि सहयोग पुग्छ र यस्ता बेमौसमी बाढीपहिरो आउँदैन, त्यसैले बिजुलीको प्रयोग पढाउनुहोला ।”

मन्त्री खाँणले जनताका सबै दुःखमा वर्तमान सरकार सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै निराश नहुन आग्रह गर्नुभयो । उहाँले यसअघि गोरखालगायतका विभिन्न जिल्लामा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो भने बुधबार पश्चिम नेपालका विभिन्न ठाउँमा जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।