२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध साउथ अफ्रिकाको शानदार जित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेट अन्तर्गत साउथ अफ्रिकाले बंगलादेशलाई हराएको छ ।

मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित हात पारेको हो ।

बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले ३९ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो ।

साउथ अफ्रिकाका लागि कप्तान टेम्बा बावुमाले नटआउट ३१ रन जोडे । ओपनर क्विनटन डी ककले १६ रन बनाएको इनिङ्समा अर्को ओपनर रिजा हेन्डरिक्स ४ रनमा आउट भए ।

रक्सी वेन डेर डुसनले २२ रन बनाए भने एडेन माक्राम शुन्य रनमा आउट भए ।

बंगलादेशका टास्किन अहमेदले २ तथा महेदी हसन र नसुम अहमदले एक/ एक विकेट लिए ।

यसअघि, अबुधावीमा टस हारेर पहिले ब्याटिङ थालेको बंगलादेश १८ ओभर २ बलमा अल आउट हुँदै जम्मा ८४ रन मात्र जोड्यो ।

बंगलादेशका लागि महेदी हसनले सर्वाधिक २५ बलमा २७ रन जोडे । लिटोन दासले २४ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका कगिसो राबाडा र एनरिच नोर्जले समान ३–३ विकेट लिए भने तबरेज सम्सीले २ विकेट लिएका थिए ।

जितसँगै साउथ अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ । अफ्रिकाले ४ खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
 

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया




भर्खरै