२३ भाद्र २०८३, मंगलवार
,
Latest
देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलको सैनिक अस्पतालमा आत्मघाती आक्रमण, १९ काे ज्यान गयाे



अ+ अ-

काबुलः अफगानिस्तानको राजधानी काबुलस्थित एक सैनिक अस्पतालमा भएको आत्मघाती आक्रमणमा तालिबानका एक जना वरिष्ट सैनिक कमान्डर समेत केहीको ज्यान गएको छ ।

पछिल्लो समय सक्रिय हुन थालेको इस्लामिक स्टेट खोरासान (आइएस–के) ले उक्त आक्रमण गरेको दाबी गरेको छ । खोरासानकै नेतृत्वमा काबुल विमानस्थलमा अगष्टमा भएको भिषण आक्रमणमा १३ अमेरिकी सैनिक सहित २०० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

खोरासान समूहसँग अफगानी पूर्व सैनिकहरु पनि संलग्न रहेको आशंका गर्न थालिएको एएफपीले खबर प्रकाशन गरेको छ ।

काबुलस्थित सरदार डाउद खान अस्पतालमा भएको आक्रमणमा तालिबानका सैनिक कमान्डर हमदुल्लाह मोखलिसको ज्यान गएको थियो । यस आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको सत्ताकब्जा गरेको तालिबानको कट्टर दुश्मनका रुपमा आइएस–के देखिन थालेको छ । यस समूहले अफगानिस्तानका विभिन्न भाग हाल आत्मघाती आक्रमण गरिरहेको छ ।
यो समूह हाल अमेरिकी सेनाको पनि तारोमा परेको छ, तर यसको प्रभाव बढ्न थालेको आँकलन गरिएको छ ।

प्रत्यक्षदर्शीहरुले अस्पतालमा ज्यान जोगाउन बिरामी र चिकित्सा टोलीहरुमा भागदौड मच्चिएको बताएका छन् ।

तालिबानले एक विज्ञप्ति प्रकाशन गरी आइएस–के को आक्रमणलाई १५ मिनेटभित्रै नियन्त्रणमा लिइएको बताउँदै बाहिर सार्वजनिक भएझैं व्यक्तिको हताहत नभएको दाबी गरेको छ ।

तर आइएस–के ले आफ्ना पाँच जना लडाकूले अस्पतालमा आक्रमण गरेको बताएका छन् । एजेन्सी