१६ आश्विन २०८१, बुधबार
,
Latest
टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनसम्म कुनै पनि हालतमा पाँच दलिय गठबन्धन कायम रहन्छः मन्त्री श्रेष्ठ



अ+ अ-

कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताउनुभएको छ । 

बाराको कलैयामा आज नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई  केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । 

अब पनि श्रमिकलाई दुःखको सामना गर्नु नपरोस् भन्ने अभिप्रायका साथ ठोस् नीति निर्माण गरी उनीहरुको हकहितको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रचार विभागका प्रमुख रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका मन्त्री श्रेष्ठले निर्वाचनसम्म कुनै पनि हालतमा पाँच दलिय गठबन्धन कायम रहनेमा आफू आशावादी रहेको बताउनुभयो ।