२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊः  मुख्यमन्त्री पोखरेल



अ+ अ-

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले त्यसमा लगानी बढाउन जरुरी रहेको भनाइ राखेका हुन् ।

विदेशका विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनुसन्धानमा नै केन्द्रित हुने भएकाले शिक्षा प्रभावकारी भएको उनको भनाइ थियो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले शिक्षा सेवा समाज नेपाल स्मारिका २०७८ पनि विमोचन गरे । स्मारिकामा संस्थाका गतिविधिका अतिरिक्त अनुसन्धानमूलक लेखहरु सामावेश छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशले व्यावासायिक शिक्षामा जोड दिएको भन्दै गण्डकी विश्वविद्यालयको स्थापना त्यसैका लागि गरिएको भनाइ राखे । सरकारले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न लागेको र यसले प्राविधिक शिक्षालाई नै जोड दिने उनको भनाइ थियो । आफ्नो नेतृत्वमा सरकार बनेपछि शिक्षा नीति आएको र यसमा प्राविधिक र व्यावहारिक एवं जीवनोपयोगी शिक्षामै जोड दिइएको उनले बताए ।

शिक्षाको विकासमा निजी क्षेत्रको योगदानलाई बिर्सन नहुने भन्दै सामुदायिक र सरकारी स्कुल तथा कलेजलाई पनि प्रभावकारी बनाउन सरकारले लगानी गर्ने भनाइ उनले राखे । संघीयतापछि शैक्षिक क्षेत्रमा देखिएको अन्योलता चिर्न अब ढिला भइसकेको भन्दै उनले संघीय सरकारले शिक्षा ऐन ल्याउन ढिलाइ गर्दा प्रदेशले पनि ल्याउन नसकेको बताए । उनले भने, ‘संघीय सरकारले शिक्षा ऐन नल्याए प्रदेश सरकारले ऐन बनाएर लागु गर्छ । बाझिएका विषय पछि स्वतः खारेज हुनेछन् ।

उक्त अवसरमा समाजका अध्यक्ष खड्गबहादुर कमालले शिक्षा क्षेत्रमा काम गरेर अवकाश भएकाहरुको पहिलमा संस्था गठन भएको बताए । लामो समयसम्म सरकारी सेवामा लागेर निवृत्त भएकाहरुको अनुभव साट्न, सरकार र समाजलाई सहयोग गर्नु समाजको मुख्य उद्धेश्य रहेको भनाइ उनको थियो । उनले भने, ‘सेवा निवृत्तपश्चात बाँकी जीवनलाई क्रियाशील बनाउन, आफ्ना खारिएका अनुभवलाई बहालवाला कर्मचारीको बीचमा पु¥याउन संस्था स्थापना गरिएको हो ।’
उक्त अवसरमा नेपाल सरकारका सहसचिव दिनेशकुमार श्रेष्ठले शिक्षालाई जीवनोपयोगी र व्यावहारिक बनाउन सरकारले हरसम्भव प्रयास गरेको भनाइ राखे । उक्त अवसरमा भरतपुर

महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुदेवी कँडेल सापकोटा, जनता नमुना मावि गैंडाकोटका प्रधानाध्यापक चूडामणि शर्मा, प्याब्सन प्रतिनिधि गोपेन्द्रकेशरी न्यौपाने लगायतले शिक्षाको महत्वका बारेमा भनाइ राखेका थिए । उक्त अवसरमा संस्थाका उपाध्यक्ष लोकनाथ पौडेल, सचिव गोपालप्रसाद कँडेलसमेत बोलेका थिए ।  
शिक्षा सेवा समाजमा लोकनाथ

शिक्षा सेवा समाज नेपालको अध्यक्षमा लोकनाथ पौडेल चयन भएका छन् । बिहीबार गैंडाकोटमा भएको साधारणसभा तथा अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा दोलराज पाण्डे, सचिवमा गोपाल कँडेल, सहसचिवमा कृष्णचन्द्र पोख्रेल र कोषाध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा भूमिलाल सुवेदी, हेमचन्द्र पौडेल, मोहन नरसिंह बोगटी, अनिमा घिमिरे, रामकुमार श्रेष्ठ र कृष्णप्रसाद सिग्देल चयन भएका छन् ।




भर्खरै