१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्छ: अध्यक्ष बिजुक्छे



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उहाँले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका वेषभूषा तथा संस्कृतिले मुलुकमा समाजिक सद्भाव र एकता कायम राख्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।  

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवत्का रूपमा स्थापित नेपाल संवत्का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताउनुभयो । 

उक्त पुस्तकालयमा आर्थिक अभावका कारण खोजमूलक कृति सङ्कलन गर्न नसकेको सो अवसरमा महर्जनले जानकारी गराउनुभयो । कार्यक्रममा नेवारी संस्कृतिर्लाइ समेटेर सङ्कलन गरिएका विभिन्न तस्वीरका प्रदर्शनी गरिनुकासाथै प्रतियोगिताका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।