१७ कार्तिक २०८१, शनिबार
,
Latest
अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिश जिसीले लिए तीन विकेट, पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनलमा ‘द हङकङ सिक्सेस’: नेपालले अष्ट्रेलियालाई हरायो, प्रतिस एक्लैले लिए तीन विकेट जुम्लाको नदै गुफा : ओझेलमा परेपछि प्रवर्द्धन गरिँदै तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री नेपाल संवत् ११४५ प्रारम्भ, स्वागतमा विभिन्न कार्यक्रम गरिँदै पटका पड्काउनाले काठमाडौँमा वायु प्रदूषण बढ्यो नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति कात्तिक शुक्ल प्रतिपदा: नेपाल संवत् ११४५ प्रारम्भ भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ? कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धन बोकेको ट्यांकर दुर्घटनामा १०८ को मृत्यु, ९२ जना जलेर घाइते



अ+ अ-

फ्रिटाउन । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ । 

सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् । शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नुभएको छ । यहाँका उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो । 

उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरु ९२ जनाको उपचार भइरहेको बताएका छन् । यहाँका चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् । 

इन्धन बोकेको ट्यांकर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो । पोखिएको सो इन्धन उठाएर लिने क्रममा यहाँका स्थानीय व्यक्तिहरुबीच निकै भिडभाड भएको थियो । त्यस्तै यी दुई सवारी साधन ठोक्किएपछि त्यस समयमा सडकमा पनि मानिसहरु हिँडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए । उनीहरु पनि सो दुर्घटनामा परेका थिए । 

उनीहरुलाई नै पछि आगोले छोएको थियो । आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो भनेका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् । 

इन्धन पोखिएको र त्यसपछि सोही इन्धनमा आगो सल्किएकाले आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए । यहाँका राष्ट्रपति जुलियस मादा बायोले देशमा निकै ठूलो मानवीय क्षति भएको बताउनुभएको छ । यस दुर्घटनाले आफूलाई अति दुखित बनाएको उहाँले बताउनुभएको छ । 
यहाँका प्रहरी अधिकारीहरुले १०८ जनाको शव शवगृहमा राखिएको बताएका छन् । ती सबै शवहरु जलेको अवस्थामा छन् ।