१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधीश र केही न्यायधीश पदमा बस्न योग्य छैनन् : एमाले अध्यक्ष ओली



अ+ अ-

विराटनगर । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री, मन्त्रीहरु, प्रधानन्यायधीश र केही न्यायधीशहरु पदमा बस्न योग्न नभएको बताउनु भएको छ । पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बिराटनगर पुग्नु भएका अध्यक्ष ओलीले भन्नुभयो कोही पनि पदमा बस्न लायक छैनन, सरकारका सबै र प्रधान न्यायाधीश लगायतका अन्य न्यायाधीशले राजीनामा दिनु पर्ने खालका छन् ।  

पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो’।

उहाँले भन्नुभयो  ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गरिएको छ।’जुन दिन सर्वोच्चले संविधानको धारा नै परिवर्तन गरिदियो त्यही दिन देखी न्याय पनि म-यो उहाँले भन्नुभयो । 

अर्को एक प्रसंगमा पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  सयुक्त पत्र लेखेको बताए पनि माओबादी अध्यक्ष पुष्पकमल दाहालले पत्र नलेखेको भनेर जनतालाई ढाटेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो कुनै पनि बहानामा कसैले पनि मुलुकलाई ढाँट्न पाईदैन  ।