१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा दुई पुरूष मृत भेटिए



अ+ अ-

बाजुरा । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । 

चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा  कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।  

कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस