१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रदर्शन



अ+ अ-

पोखरा । पेट्रोलियम पदार्थ तथा सिलिन्डर ग्यासमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले विरोध प्रदर्शन गरेको छ ।  

बिहीबार पृथ्वीनारायण क्याम्पस अगाडी अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरकारलाई तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिँदै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन समेत गरिएको छ । 

आन्दोलनलाई सम्बोधन गर्दै क्याम्पस कमिटी अध्यक्ष बिष्णु पोखरेलले  मूल्यवृद्धि फिर्ता नहुँदासम्म अनेरास्ववियुले आन्दोलन थप चर्काउँदै लैजाने चेतावनी समेत दिएका छन् । 

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी कास्की अध्यक्ष बिजय पौडेल र अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले सम्बोधन गरेका थिए ।