२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत पाण्डेयको उम्मेदवारी



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता अमृत पाण्डेयले आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई प्रदेश प्रतिनिधिको रुपमा उभ्याउने भएका छन् ।

उनले गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र नं २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधिका रुपलाई पाण्डेयले उम्मेद्वारी घोषणा गरेका हुन्। विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहि सक्रिय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय संघको विभिन्न तहमा काम गरिसकेका छन् ।

त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन् । लामो समय पत्रकारितामा सक्रिय रहेका उनी सबल नेपाल मिडिया प्रा ली का अध्यक्ष समेत हुन्  ।

उनले मुलुक संघीयतामा गए सगै पार्टी पनि संघीयताको अभ्यासमा गइसकेकोले प्रदेश स्तरमा पनि कांग्रेसको बलियो व्यवस्थापनको आवश्यकता खड्किएको बताए ।

‘पार्टी पुरानै अवस्थाबाट अगाडि बढ्न सक्दैन, हाम्रो पुराना अभ्यास, अगाडिका अग्रजको सम्मानको साथै पार्टीमा नयां प्रयोगको लागि पनि हाम्रो सक्रियता जरुरी भएकोले मैले उम्मेदवारी घोषणा गरको हु’ उनले भने, ‘मैले पार्टीको लागि कुनै न कुनै तरिकाबाट पुराएको योगदानको मूल्यांकन गर्दै पार्टीमा भूमिका निभाउन थप जिम्मेवारी पाउने छु भन्ने अपेक्षामा छु ।’

स्पष्ट वक्ता, गण्डकी क्षेत्रमा लोकप्रिय र मिलनसार पाण्डेय कांग्रेसको केन्द्रीय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउन सक्षम छन ्।