१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रीय समिति बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रीय कमिटी बैठक जारी छ । 

आज बिहान ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा बस्नेगरि तय भएको बैठक नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेपछि केहीबेर अघिबाट मात्र सुरु भएको हो ।

यसअघि शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयमा छलफल भएपछि आइतबार बोलाइएपनि बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको थियो । 

माओवादीभित्र सहमतिका आधारमा पदाधिकारी चयनमा टुंगो नलाग्ने देखिएपछि आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ ।

गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो ।

त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै अन्य पदाधिकारी भने हालसम्म चयन हुन सकेका छैनन् ।