१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्लो गेटमा बारको बिरोध वल्लो गेटबाट प्रधानन्यायधीश सर्वोच्चमा



अ+ अ-

काठमाडौँ। नेपाल बारको अबरोध बीच प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालतमा नै प्रवेश गर्नुभएको छ ।

सर्वोच्चको मुल ढोका अगाडी नाराजुलुस सहित धर्नाका बसेका कानूनव्यवसायीलाई छल्दै राणा सर्वोच्च अदालतमा प्रवेश गर्नुभएको हो । राणाले अदालत प्रवेश गरेसँगै २२३ मुद्दा सुनुवार्इका लागि पेसी तोक्नुभएको छ । उहाँले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन समेत गठन गर्नुभएको छ ।

जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।