१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटा र यूक्यानबिच सम्झौता



अ+ अ-

काठमाडौं । आसन्न सहिद स्मारक ए डिभिजन लिगको क्लब संकटा क्लब र यूक्यानबिच  स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा आज सम्झौता भएको छ । 

सहिद स्मारक ए डिभिजन क्लब संकटाले आज एक कार्यक्रमको आयोजना गरी यूक्यानसँग सम्झौता पत्रमा हस्ताक्षर  गरेको हो । यूक्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता भएसँगै यूक्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्ने छ ।

यूक्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबल प्रतिको लगावकै कारण क्लबहरुलाई प्रयोजन गरेको बताए । यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको संकटालाई बैंकले एक सिजनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए । यस्तै अध्यक्ष तुलाधरले मुख्य प्रायोजकको लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफनो लाग्ने बताए । सोही कार्यक्रममा रवि शिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ । जस मध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावे रहेका छन् ।

सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदैछ । जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन् । नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ । जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदैछ ।