काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शुरु भएको छ ।
शनिबार र आइतबार बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।
बानेश्वरस्थित अर्पन पार्टी प्यालेसमा शुरु भएको बैठकमा सम्मानित नेता झलनाथ खनाल पहिलोपटक सहभभागी भएका छन् ।