१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशहरूले प्रधानन्यायाधीश राणाले तोकेका सबै इजलास बहिष्कार गरे



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले शुक्रबारका लागि आठवटा इजलास तोकेपनि न्यायाधीशहरूले सबै बहिष्कार गरेका छन् । 

गएको दुई सातादेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको इजलास मात्र बहिष्कार गर्ने गरेका थिए । तर शुक्रबार भने उनीहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेरेका हुन् ।

शुक्रबार आठवटा इजलासमा १ सय ३३ मुद्दा तोकिएका थिए । तीमध्ये बन्दी प्रत्यक्षीकरणका दुईवटा मुद्दा रहेका थिए।