३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध



अ+ अ-

मस्को । बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ । अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको छ । 

मिन्स्कले आप्रवासीहरूलाई युरोप पठाउनको लागि ल्याएको आरोप लागेपछि यो प्रतिबन्ध लगाइएको हो । शुक्रबारदेखि टर्कीबाट बेलारुसको उडानमा यी तीन देशको नागरिकलाई अनुमति नदिने बताएको छ । 

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिनु भएका छ । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् । (रासस-एएफपी)