१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजिरी दिन एनसीबी कार्यालय पुगे आर्यन खान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतपछि हाजिरी गर्न नार्कोटिस कन्ट्रोल ब्युरोको कार्यालय पुगेका छन् । 

ड्रग्स केसमा पक्राउ परेका आर्यन खानलाई १४ शर्तमा २८ अक्टुबरमा जमानत मिलेको थियो । त्यहाँ उल्लेख गरिएका शर्तमध्ये हरेक हप्ता शुक्रबार उपस्थित हाजिरी गर्न एनसीबी कार्यालय उपस्थित हुन भनिएको छ । 

जसअनुसार आर्यन शुक्रबार एनसीबीको कार्यालयमा आफ्ना बडीगार्डका साथ हाजिरी दिन पुगेका छन् । आर्यनसँगै ड्रग्स केसमै पक्राउ परेका मुनमुन धमेचा पनि आफ्नो टिमसँग एनसीबी कार्यालय पुगेका छन् ।