१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर
अ अ+ अ-

काठमाडौँ । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ ।राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । 

विभागले चार जनाविरुद्ध रु चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ । 

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।विभागले बख्रेल र पन्तसँग  जनही रु एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग रु एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग रु सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।