६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । 

ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर–गहनाको होलसेल कारोबार गरी बस्ने भारतीय नागरिक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरुले राजस्व छली गैरकानूनी रुपमा हुण्डी मार्फत वित्तिय कारोबार  गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा २४ वर्षीय बिक्की खड्गी र भारतीय नागरिक ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन् । 

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन – ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।