काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर–गहनाको होलसेल कारोबार गरी बस्ने भारतीय नागरिक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरुले राजस्व छली गैरकानूनी रुपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २४ वर्षीय बिक्की खड्गी र भारतीय नागरिक ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन् ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन – ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।