४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा प्रियंका कार्कीसँग सीआइबीको सोधपुछ



अ+ अ-

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । 

क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा आइतबार उनलाई ब्युरोमै बोलाएर सोधपुछ गरिएको हो ।

यता, नायिका कार्कीले भने ब्युरोले सहयोग मागेपछि आफू अनुसन्धानमा सहयोग गर्न गएको बताएकी छन । आफ्नो जानकारीबिनै तस्बिर प्रयोग गरेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ ।