४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा उहाँले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रका रूपमा रहेको राससलाई थप परिष्कृत र प्रभावकारी बनाउन सरकारका तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले आफ्नै सञ्चारमाध्यम चलाउने कि नचलाउने भन्ने प्रश्न पनि छ । मलाई लाग्छ, रासस जस्ता संस्थाले रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्नुपर्छ ।” सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने सबै प्रकारको स्रोत र साधनका लागि आफूले प्रयास गर्ने अर्थमन्त्रीको भनाइ थियो ।

उहाँले जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । निकै जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको  पक्षमा प्रतिबद्ध भएर कलम चलाउन तथा कुनै पनि गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कृष्णसेन इच्छुक जस्ता शहीदको बलिदानले स्थापित भएको सङ्गठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो । संविधानमा उल्लेख भएअनुसार र नै समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्रको निर्माणमा सरकार लागि परेको भन्दै उहाँले त्यसलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले प्रेस सेन्टरलाई समृद्धिको प्रवक्ताका रूपमा काम गर्न अनुरोध गर्नुभयो ।

प्रेस सेन्टर नेपालका संयोजक महेश्वर दाहालले श्रमजीवीको पक्षमा आवाज उठाउने र त्यसको पक्षमा लगातार लड्दै आएको श्रेष्ठ सङ्गठन भएको नाताले पनि आफूहरुले श्रमको सम्मान गर्ने तथा गराउने बताउनुभयो । उहाँले  सरकार परिवर्तन हुने बित्तिकै सरकारी सञ्चार माध्यमममा काम गर्ने श्रमजीवी पत्रकारले दुःख पाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । संयोजक दाहालले सङ्गठनको झण्डा बोकेको भरमा श्रम गर्नुपर्दैन भन्ने मान्यता त्याग्नुपर्ने धारणा राख्नुभयो ।

राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामलले नेपालको राजनीतिक परिवर्तनको पछाडि समग्र सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेका उल्लेख गर्दै साझा उद्देश्यका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने मेरुदण्डका रूपमा रहेको राससलाई थप समृद्ध र परिष्कृत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व एवं राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले आफूलाई सम्झिएर सम्मान गरेकामा रासस प्रेस सेन्टरलाई धन्यवाद दिनुभयो । उहाँले आफूले राससको जिम्मेवारी सम्हाल्दा सकेसम्म राम्रो काम गरेको र नराम्रो भने नगरेको स्मरण गर्नुभयो । उहाँले राससको सेवालाई थप विस्तार गर्न यहाँ कार्यरत कर्मचारी, पत्रकार सबैको साझा दायित्व रहेको भन्दै सोहीअनुसार काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री शर्माले पूर्वअध्यक्ष बराललाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रतिष्ठान प्रदेशका इञ्चार्ज विदुर खड्का, नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस युनियनका अध्यक्ष मोहिनी मिश्र रिसाल र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिलवालले सम्मेलनको सफलताको कामना गर्नुभएको थियो ।