१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो ।  प्रदेश १मा  राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमती प्रदेशमा  हितमान शाक्य ,गण्डकी प्रदेशमा मा हितराज पाण्डे, लुम्बिनीप्रदेशमामा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा  कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा मा खगराज भट्टलाई इञ्चार्जको जिम्मेबारी दिईएको छ ।

यसै गरी सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशको जिम्मेवारी  लिलामणि पोखरेललाई दिईएको छ ।  माओवादी केन्द्रले महत्वपूर्ण विषयहरु थाँती राख्दै स्थानीय तहको निर्वाचनपछि मात्र निर्णय गरेको हो  ।

बैठकका लागि तय गरिएका ६ ओटा प्रस्तावमध्ये केही कार्यविभाजन मात्र तोकिएर बैठक सकिएको छ ।  पार्टीको पदाधिकारी चयन, एमसीसीका सन्दर्भमा नेतृत्वले लिएको निर्णय लगायतका विषयमा विवाद बढ्ने लक्षण देखिएपछि बैठक अत्य गरिएको एक नेताले जानकारी दिनुभयो ।