१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महँगी अन्त्य गरियोस्’



अ+ अ-

काठमाडौँ । अखिल नेपाल किसान युनियनले महँगी र भष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ ।

युनियनले सार्वजनिक वितरण प्रणाली लागू गर्नुपर्ने, किसान र आम उपभोक्तालाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य खाद्य पदार्थलगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र मूल्य स्थिर राख्न ठोस् उपाय अपनाउन  समेत माग गरेको छ । युनियनले आज विज्ञप्ति जारी गरी किसानले उब्जाएको प्रमुख अन्नबालीको न्यायोचित मूल्य तोक्न र खरिद गर्न ठोस् व्यवस्था गर्न अनुरोध गरेको छ । 

“किसानले उचित मूल्य नपाउने र ठगिने, उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने तथा विचौलियाबाट किसान र उपभोक्ता ठगिने निरन्तरको विद्यमान स्थिति अन्त्य गरियोस्”, युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चाडबाडको मुखमा समेत खाना पकाउने ग्यासको मूल्य बढाइएको, दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको, खाने तेल, दाल, चामललगायतको मूल्य आकासिँदा उपभोक्ता मारमा परेको युनियनले जनाएको छ ।  
     
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बितेका तीन महिनामा घ्यू तथा तेलमा ३१.६८ प्रतिशत, माछा मासुमा १२.९३ प्रतिशत तथा दाल र गेडागुडीमा १०.७१ प्रतिशत मूल्य बढेको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण बोझ किसान र आम उपभोक्ताको टाउकोमा थोपार्ने गरेकोप्रति युनियनले आपत्ति जनाएको छ । रासस