१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च



अ+ अ-

चितवन । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ ।
 
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षकमञ्च निर्माण गरिने जनाइएको छ ।  उहाँले भन्नुभयो, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौं ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुने छ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौंथो खण्डमा पोडियम रहने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार ७२  कलाकारले एकै पटक प्रस्तुति दिनसक्ने गरी मञ्च निर्माण गरिने छ । सो मञ्च ८ फिट अग्लो ,३० फिट लामो र ४० फिट फराकिलो हुनेछ । उहाँले भन्नुभयो, “नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा गरेका छौ ।” उद्घाटन सत्रमा कार्यक्रमस्थल सहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।
 
एमालेले १०औँ महाधिवेशनमा पाँच लाख जनता सहभागी गराउने पार्टीले जनाउँदै आएको छ । जनताको सहभागिता अनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् । उहाँले भन्नुभयो, “बगरमाथि पनि भव्य मञ्च बनाउन सकिने सन्देश दिनेछौं ।” अहिले कार्यक्रमस्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भइरहेको छ । 

मञ्च व्यवस्थापनका लागि ५०० स्वयमसेवक परिचालन गरिने छ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरि काम भइरहेको उहाँले बताउनुभयो । आगामी दिनमा यो क्षेत्रमा ठूला कार्यक्रम गर्न मिल्ने गरी किनारलाई व्यवस्थित गरिने उहाँले जानकारी दिनुभयो । 

मञ्च व्यवस्थापनको क्रममा ठाउँ ठाउँमा सेल्फी प्वाइन्ट बनाइने छ । एमालेको महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म यहाँ हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्दसत्र कार्यक्रम छ । बन्द सत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।