५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब एम्बुलेन्सको अधिकतम भाडा ५ सय मात्र



अ+ अ-

प्रजनन स्वास्थ्य समन्वय समिति ललितपुरले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिलालाई एम्बुलेन्सले अधिकतम ५ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ । एम्बुलेन्सले बढी रकम असुली गरेको जनगुनासो आउन थालेपछि समितिले अधिकतम मूल्य तोकेको आजको राजधानीमा समाचार छ । नयाँ कार्यक्रम लागू भएपछि सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रका स्थानीय बढी लाभान्वित हुनेछन् ।

बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य संस्थामा एम्बुलेन्सको सहजता हुनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत पब्लिक हेल्थ नर्स अम्बिका पाण्डेले बताइन् । उनका अनुसार दक्षिणका ग्रामीण क्षेत्रमा त्यहाँ उपचार नभएका केस सहरी क्षेत्रसम्म ल्याउन समस्या परेको छ । आफ्नो गाविसभित्र एम्बुलेन्स नहुने भएकाले अन्यत्रबाट ल्याउँदा बढी भाडा माग्दा स्थानीय हैरान बनेको उनी बताउँछिन् ।
उनले भनिन्, ‘५ सय भाडा तोकिदिँदा ती सबै समस्याको हल हुने देखिन्छ ।’ जिल्लामा सञ्चालित सबै एम्बुलेन्सले अधिकतम भाडाको नियम मान्नुपर्ने पाण्डे बताउँछिन् । उनका अनुसार त्यसको सुरुआतका लागि कार्यालयले पहिलेदेखि नै पहल गरेको थियो । विभिन्न समयमा राजनीतिकर्मी, शिक्षकलगायतका व्यक्तिसँग पनि बर्थिङ सेन्टरलाई व्यवस्थित बनाउने विषयमा छलफल हुँदै आएको छ । बर्थिङ सेन्टर सुरु गर्नुअघि नै यी विषयमा छलफल हुने पाण्डेले बताइन् । उनले भनिन्, ‘पहिले समुदाय जिम्मेवारी लिन तयार भएपछि बर्थिङ सेन्टर सुरु गर्ने गरिएको छ ।’
बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य संस्थामध्ये पनि एम्बुलेन्स भएका स्वास्थ्य संस्थामा महिलाको चाप बढी देखिएको छ । सहरी क्षेत्रनजिकै भएर पनि लुभु स्वास्थ्य संस्थाले सेवा दिने महिलाको संख्या बर्सेनि बढाएको छ । लुभु प्राथमिक स्वास्थ्य केन्द्रले स्थानीयलाई आकर्षित गर्नकै लागि एम्बुलेन्स निःशुल्क गरिदिएको छ ।
पाण्डेले भनिन्, ‘सरकारको कार्यक्रम स्थानीयसम्म पुर्‍याउन एम्बुलेन्सको सहजताको महत्वपूर्ण भूमिका हुने देखिरहेको छ ।’