२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड र एनआरएन प्रतिनिधि भेट



अ+ अ-

काठमाडौं, ६ कात्र्तिक –

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आफ्नो पार्टीको मूल एजेण्डा भएको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एनआरएनका प्रतिनिधिसँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले देश निर्वाचनको मुखमा गईरहेकाले सबैले निर्वाचन सफल पार्न आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

अघिल्लो पटक ठुलो पार्टी भएपनि स्पष्ट बहुमत नभएकाले स्थिर सरकार र संविधान बन्न नसकेको औंल्याउँदै उहाँले एमाओवादीलाई स्पष्ट बहुमत दिए मात्र नेपाली जनताले संविधान र देशले बिकास पाउने ठोकुवा गर्नुभयो ।  देशमा आर्थिक अभावका कारण विदेशमा नेपाली पलायन हुनु राम्रो नभएको बताउँदै अध्यक्ष प्रचण्डले सीप, दक्षतालाई बढाउनुपर्ने कुरामा जोड दिनु भयो ।