२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक एपेन्डिसाइटिस अप्रेसन सफल



अ+ अ-

गुल्मी जिल्लामा पहिलोपटक गम्भीर प्रकृतिको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटलमा पेटभित्रै फुटेको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको हो । जिल्ला अस्पताल तम्घासमा भर्ना भएकी अम्मुर–१ की १९ वर्षीया दिलमाया मुखियाको रेसुङ्गा हस्पिटलले सफलतापूवर्क शल्यक्रिया गरेको हो ।  पहिले पेट मात्रै दुखेको भए पनि पेट दुखेको तीन दिनपछि जाँच गराउँदा स्वास्थ्यकर्मीले एपेन्डिसाइटिस बिग्रिएकाले ठूलो अस्पताल जान सुझाएका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण बाहिरी जिल्ला जान नसकेपछि छोरीलाई तम्घासकै रेसुङ्गा हस्पिटलमा भर्ना गरिएको दिलमायाका बुबा गोविन्दले बताउनुभयो । उहाँले छोरी बाँच्दिन कि भनेर ठूलो पिर मानेको भए पनि जिल्लामै सफल शल्यक्रिया भएकामा खुसी प्रकट गर्नुभयो ।

उहाँ मात्र हैन जिल्लामै पहिलोपटक यस्तो शल्यक्रिया सफल भएपछि आफूहरू पनि निकै खुसी भएको उपचारमा संलग्न डा निरेश थापाले बताउनुभयो । डा थापाले अहिले पनि धेरै बिरामी जिल्लामा राम्रो उपचार नहुने भन्दै बाहिर जानेक्रम नरोकिएको दुःखेसो गर्नुभयो । अस्पतालले मुखियाको उपचारमा करिब २५ हजार रुपैयाँ खर्च लागेको भए पनि गरिब परिवारको भएकाले लगभग १० हजार रुपैयाँ छुट गर्नेसमेत जनाएको छ । उक्त हस्पिटलमा झन्डै दुई महिनाअगाडि एउटा यस्तै गम्भीर प्रकृतिको शल्यक्रिया सफल भएको थियो । पाठेघरभन्दा बाहिरको ट्युबमा बसेको बच्चालाई सफलतापूर्वक शल्यक्रिया गरेर बाहिर निकालिएको हस्पिटलका डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।




भर्खरै